Posts

1-intro-ayur

  एकाइ - १ पाठ १ - आयुर्वेदको परिचय र महत्त्व १. आयुर्वेदको परिभाषा संसारमा अनेक किसिमका वस्तुहरू छन् कुनै सजीव छन् , कुनै निर्जीव छन्। मानिस चराचुरुङ्गी , गाई , भैंसी , माछा बादि सजीव हुन्। सजीवलाई प्राणी र जीव पनि भनिन्छ। जन्म लिनु , बढ्नु , सास फेर्नु , ज्ञान हुनु , यी जीवहरूमा पाइने विशेषताहरू हुन्। ढुङ्गा , माटो , काठ आदि निर्जीव पदार्थहरू हुन् । सजीव र निर्जीव पदार्थलाई छुट्याउने वस्तु जीवन हो। जीवन भनेको बाँच्नु हो। जुन प्राणी वरिपरीको वातावरणलाई बुभन , त्यसमा उपयोगी कुरा उपयोग गर्न , हानिकारक वस्तुबाट बच्न र अरूलाई बचाउन पनि सक्छ , त्यो बाँचेको भनिन्छ । संसारमा साना , ठूला अनेक किसिमका जीवहरू छन् । तिनीहरू सबै बाँचेका छन् । सबैको बाँच्ने अवधि भने फरक पाइन्छ। कुनै एक-दुई महिनामात्र बाँच्छन् । कुनै १५-२० वर्ष बाँच्छन् । मानिस १०० वर्षसम्म पनि बाँच्न सक्छ। यसरी कुनै जीव बाँच्ने पूरा अवधिलाई आयु भनिन्छ। सामान्य अवस्थामा कुनै जीव जन्मेपछि क्रमशः बढेर केही हदसम्म ठूलो हुन्छ , त्यसपछि विकास सीमित हुन्छ र केही समय बाँचेपछि मर्छ। यसरी जीवको जन्म भएदेखि मृत्यु नभएसम्मको अवध...
Recent posts